Logo

बुधवार, भाद्र १० गते २०८३

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै, प्रचण्डले उद्घाटन गर्ने

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै, प्रचण्डले उद्घाटन गर्ने


माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ ।  माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र