Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

म्यानचेस्टर युनाइटेडलाई फेरि गम्भीर धक्का

म्यानचेस्टर युनाइटेडलाई फेरि गम्भीर धक्का


म्यानचेस्टर युनाइटेडलाई फेरि गम्भीर धक्का

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि खराब हार बेहोरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा अवे मैदानमा म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग ४–१ ले पराजित भएको हो ।

वाट्फोर्डका लागि २८ औँ मिनेटमा किंग, ४४ औँ मिनेटमा सार, इन्जुरी समयको दोस्रो मिनेटमा जोएओ पेद्रो तथा इन्जुरी समयको छैटौँ निेटमा डेनिसले गोल गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि ५० औँ मनिेटमा भान डी बीकले एक गोल फर्काए । ६९ औँ मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

पराजित भएको युनाइटेड १२ खेलबाट १७ अंकसहित सातौँ स्थानमा झरेको छ । वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा आएको छ ।शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको चेल्सीले लेस्टर सिटीमाथि ३–० को जित दर्ता गरेको छ । चेल्सीको १२ खेलबाट २९ अंक भएको छ । आर्सनललाई ४–० ले पराजित गरेको लिभरपुल २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

अरु खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–०, नर्विचले साउथह्याम्पटनलाई २–१ तथा वुल्भ्सले वेष्टह्यामलाई १–० ले पराजित गरेका छन् । यस्तै बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र ब्रेन्टफोर्डले समान ३–३ को बराबरी खेलेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ