चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनका लागि यहाँ ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित भइसकेका छन् ।
महाधिवेशन उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा रौनक देखिएको छ । यहाँ नेता–कार्यकर्ता ठूलो भिड जम्मा भइसकेको छ । सहभागीहरू आपसमा कुराकानी, दृष्य अवलोकन, तस्बिर खिच्नलगायतमा व्यस्त छन् ।
उद्घाटन समारोहमा पाँच लाखजनालाई सहभागी गराउने पार्टीको तयारी छ । महाधिवेशनमा सहभागी हुन आएका केही व्यक्तिहरूलाई सडकमै खानाको व्यवस्था गरिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक