Logo

मंगलवार, भाद्र ९ गते २०८३

लोकतन्त्रको संघर्षमा ओलीजी र म सँगै जेल बसेका थियौँ : प्रधानमन्त्री देउवा

लोकतन्त्रको संघर्षमा ओलीजी र म सँगै जेल बसेका थियौँ : प्रधानमन्त्री देउवा


लोकतन्त्रको संघर्षमा ओलीजी र म सँगै जेल बसेका थियौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा मतभिन्नता भए पनि लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताएका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएकाे भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक भएको बताए । 

“नयाँ संविधानमार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न जिम्मेवार दलको भूमिका खेल्न एमालेलाई म आग्रह गर्छु,” प्रधानमन्त्री देउवाले भने, “हामीबीच फरक दृष्टिकोण छन् र फरक पार्टी छौं । राष्ट्रिय एकता र अखण्डताका लागि हामीबीच सहकार्य हुन आवश्यक छ ।” उनले दलहरुबीच रहेका मतभिन्नता संविधानले तोकेका विधिअनुरुप टुङ्ग्याउन पर्ने बताए । “यही पद्धति बसाल्नुपर्छ । नेपाली कांग्रेस यो मूल्य मान्यतामा विश्वास राख्छ,”  देउवाले भने, “मेरो सरकार यिनै मूल्य मान्यता कायम गर्न लागिरहेको छ । नेकपा एमालेले थिती बसाल्ने क्रममा सरकारलाई पनि साथ दिनुपर्छ ।” 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक