Logo

मंगलवार, भाद्र ९ गते २०८३

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्दै ओली

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्दै ओली


पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्दै ओली

साैराहा । नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्र अन्तरगत आज बिहान १० बजे बस्ने सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने भएका छन् । हिजोको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिएको थियो । सोही अनुसार आजको सत्रमा ओलीले प्रस्ताव गर्नेछन् । ओलीले प्रस्ताव गर्ने र सहमति नभएका पदमा भने निर्वाचन हुने नेताहरुले बताएका छन् ।

सौराहास्थित होटेल सेभेन स्टारमा भएको बन्दसत्रमा अध्यक्षमा उमेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलले ओलीलाई दिएको अधिकारको विरोध गरेका थिए । उनले आफू अध्यक्षको उमेदवारीबाट पछि नहट्ने जिकिर गरेका थिए ।तथापि, नेताहरुले भने सर्वसम्मत हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सर्वसम्मत भएर आजै महाधिवेशन सकिँदैछ ।

तर, रावलले अध्यक्षमा नछोड्ने जिकिर गरेपछि अध्यक्ष पदमा भने निर्वाचन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । एमालेको विधानमा संशोधन भएसँगै महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक