१३ मंसिर, चितवन । नेकपा (एमाले) को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।
सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।
महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् ।
हुनेछ ।
रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँग नेता घनश्याम भूषाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा परेका छैनन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक