काठमाडौँ– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ ।
१४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए ।
साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उनले बताए ।देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उनकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राखेको डा.महतको भनाइ छ ।पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । उनले भने,‘त्यस विषयमा अहिल देउवाले छलफल गरिरहेका छन् । ’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक