Logo

मंगलवार, भाद्र ९ गते २०८३

२००६ मत गणना हुँदा देउवाको ९५८, शेखरले पछ्याउँदै

२००६ मत गणना हुँदा देउवाको ९५८, शेखरले पछ्याउँदै


२००६ मत गणना हुँदा देउवाको ९५८, शेखरले पछ्याउँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

दुई हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ७२६ मत पाएका छन् ।
प्रकाशमान सिंहले १५९ मत ल्याउँदा विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ७ मत ल्याएका छन् ।

सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । 
सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक