Logo

मंगलवार, भाद्र ९ गते २०८३

देउवालाई ८२ मत पुगेन, कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने

देउवालाई ८२ मत पुगेन, कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने


देउवालाई ८२ मत पुगेन, कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो । तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए ।
यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।
देउवा प्यानलले दोस्रो चरणमा गएमा आफूहरुलाई गाह्रो पर्ने मूल्यांकन गर्दै पहिलो चरणमै जितका लागि प्रयास गर्ने रणनीति बनाएको थियो ।

तर सो रणनीति अनुसार मत खसेको भने पाइएन । दोस्रो चरणमा शेखरको पक्षमा आफूहरु उभिने विमलेन्द्र निधिले चुनाव अघि नै बताएका थिए ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक