Logo

मंगलवार, भाद्र ९ गते २०८३

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित


कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गरेका छन्।

बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७२४ मत ल्याएर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।
उनले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ९०७ मतले हराएका छन्। कोइरालाले १८१७ मत ल्याए। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।

दोस्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४५७४ मत खसेको थियो। त्यसमध्ये ३३ मत बदर भएको थियो।

पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।
सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए।

पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए।

देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति निर्वाचित भएका थिए।

पौडेल समूहमा उम्मेदवार को हुने भन्ने कलह चलिरहँदा कोइराला बलिया उम्मेदवार बनेर मैदानमा निस्किएका थिए। सिंहले आफ्नो उम्मेदवारी नछाडेपछि पौडेल समूहबाट दुई जना उम्मेदवार भएका थिए।

निधि र सिंह दुवै मिलेपछि देउवाले सहज जित निकालेका हुन्।

देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका थिए। पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक