Logo

मंगलवार, भाद्र ९ गते २०८३

मैले राजनीतिबाट विश्राम लिएको होइन: रामचन्द्र पौडेल

मैले राजनीतिबाट विश्राम लिएको होइन: रामचन्द्र पौडेल


मैले राजनीतिबाट विश्राम लिएको होइन: रामचन्द्र पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले राजनीतिबाट आफूले विश्राम नलिएको बताएका छन् । बिहीबार पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई बधाई सन्देश दिँदै नेता पौडेलले आफूले राजनीतिबाट विश्राम लिएको नभई केही क्षणको अल्पविराम मात्र भएको बताएका हुन् ।

उनले आफ्नो राजनीतिक यात्रा जारी रहेको र अविछिन्न रूपमा अगाडि बढिरहेने बताएका छन् ।

"मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगे र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ । यसरी अलग वस्तु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ र अविछिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहने छ," उनले भनेका छन् ।

उनले आफू राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट विचलित नहुने पनि बताएका छन् ।संस्थापनइतरबाट सभापतिमा साझा उमेदवार उठाउने विषयमा सहमति हुन नसकेपछि नेता पौडेल १४औँ महाधिवेशनको प्रक्रियाबाट अलग बसेका थिए । उद्घाटन समारोहमा सहभागी भएपनि उनी बाँकी प्रक्रियामा सहभागी भएनन् । उनले मतदानसमेत गरेनन् ।

No description available.

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक