Logo

मंगलवार, भाद्र ९ गते २०८३

सरकारले हरहालतमा जनताको ज्यान जोगाउँछ– प्रधानमन्त्री

सरकारले हरहालतमा जनताको ज्यान जोगाउँछ– प्रधानमन्त्री


सरकारले हरहालतमा जनताको ज्यान जोगाउँछ– प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको बिपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिए ।

होल्डिङ सेन्टर र आइसोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको प्रयोग गर्नुपर्ने उनले बताए ।खोप प्रयाप्ततालाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउन सरकाररले कुनै कसर बाँकी नराख्ने बताए ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिए ।

स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक