Logo

मंगलवार, भाद्र ९ गते २०८३

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । उनका अनुसार  आज बस्‍ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ ।

'सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जाँदैन,' उनले भने,' सभामुखप्रति हाम्रो असहमति छँदैछ । सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ । दोस्रो कुरा जुन हिसाबले महाअभियोग आयो त्‍यमा पनि हाम्रो असहमति छ ।' प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक