काठमाडौँ - एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे ।
यसपछि सभामुख सापकाेटाले आउँदाे आइतबार दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित गरेकाे जानकारी दिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक