काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै सरकारको नेतृत्व गर्ने बताएका हुन्।
‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ उनले भने, ‘विधि र थितिका लागि सरकारको जिम्मेवारी लिएका हौं ।’ उनले अब सरकारमा कांग्रेसको विकल्प नभएको दाबी गरे ।‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ अनि सरकार चलाउँछ,’ थापाले भने, ‘यसअघि पनि कांग्रेसले चाहेर सत्तामा आएको हैन, नेकपाले नसकेपछि बाध्य बनेको हो ।’ उनले नेकपाले कांग्रेस सभापतिलाई सम्हालिदिनुपर्यो भनेर तत्कालीन नेकपाका शीर्ष नेताले भनेपछि सत्ता हातमा लिएको दाबी गरे ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक