उनले निर्वाचनमा गठबन्धनको विरोध गर्ने नेताहरूलाई जितेर देखाउन चुनौती पनि दिए ।गठबन्धन नचाहने नेताहरूप्रति देउवा आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।
नेपाली काँग्रेसमा चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा फरक मत रहँदै आएको छ ।बैठकमा नेताहरूले फरक मत जाहेर गरे पनि काँग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन नहुने प्रवक्ता डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् ।