काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन्।
प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको उनले बताए। उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन्। एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’, ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौँको अधिवेशनमा भने।
उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको जिकिर गरे। एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोरमात्र गर्ने गरेको ओलीकाे भनाइ छ।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन्। भोलि यो काम गर्छु भन्न पनि सक्दैनन्। खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे’, उनले भने, ‘जनकपुर–रेल किन चलायाैँ भन्ने होला। नेपालमा किन रेल कुदायाैँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए। देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ।उनले सबै दल एकातिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे। ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको उनकाे दावी छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक