Logo

मंगलवार, भाद्र ९ गते २०८३

निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं – प्रचण्ड

निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं – प्रचण्ड


निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं – प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन्।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं। निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं।’

उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब–करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन। हामी मिलेर नै जान्छौं। आगामी निर्वाचनलाई शान्तिपूर्ण र स्वच्छ रुपमा होस्। परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ।’

उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अवलम्बन गर्नुपर्ने बताए। त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक