काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको निर्णय आगामी २७ गते हुने भएको छ ।
नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्षको तर्फबाट रिट दायर भएको थियो ।
रिटको निर्णय आज सुनाउने गरी पेशी तोकिए पनि संयुक्त इजलासमा नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाई रोकिएको हो । आइतबार उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो ।
“यसमा, म सहितको इजलासले निवेदक सोमप्रसाद पाण्डेसमेत बिरुद्ध निर्वाचन आयोगसमेत भएको उत्प्रेषण मुद्दामा प्रस्तुत निवेदनमा बदरका लागि माग गरिएको प्रत्यर्थी निर्वाचन आयोगले गरेको दल दर्ता सम्बन्धी निर्णय प्रकृयासँग सम्बन्धित तथ्यमा प्रवेश गरी अन्तरिम आदेश जारी गरेको मिसिल संलग्न आदेशको प्रतिलिपिबाट खुल्न आएकोले यो मुद्दा मैले हेर्न मिलेन,” संयुक्त इजलासमा रहेका न्यायाधीश नहकुल सुवेदीको रायमा भनिएको छ, “प्रस्तुत मुद्दा इजलासबाट सुनुवाईको मिति तोकी आज पेश हुन आएको देखिंदा अर्को सुनुवाईको लागि मिति २०७८/१२/२७ को पेशी तोकिएको छ ।”
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक