Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपालका उम्मेदवार सूर्य चिह्नबाट चुनाव लड्ने

एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपालका उम्मेदवार सूर्य चिह्नबाट चुनाव लड्ने


एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपालका उम्मेदवार सूर्य चिह्नबाट चुनाव लड्ने

काठमाडौँ– नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने भएका छन्।

एमाले र राप्रपा नेपालबीच बुधबार स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको हो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशिलकुमार श्रेष्ठले आज पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।

देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने एमाले र राप्रपा नेपालबीच भएको सहमतिपत्रमा उल्लेख छ। सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक