Logo

मंगलवार, भाद्र ९ गते २०८३

गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छः पौडेल

गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छः पौडेल


गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छः पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन्।

संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए।

तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे।सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे।

‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ। म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने।उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचारमुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको पनि बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक