काठमाडाैँ- नेकपा एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन्।
पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन्।पाठ्यक्रममा ‘ई’ भनेको ‘ईसा’ र ‘ईसा’ले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा?’पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरे ।
‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ। धर्मनिरपेक्ष भनिएको होइन देश? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ। ल कसैलाई ईश्वर मान्न भएन, ई माने इमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन? कि सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्रभित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन? जनतालाई यसको जवाफ दिनुपर्छ। नत्र कसरी पाठ्यक्रममा लेखियो?’, सांसद रावलले बैठकमा प्रश्न गरे।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक