Logo

मंगलवार, भाद्र ९ गते २०८३

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै


बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । खोप निःशुल्क पाइन्छ ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक