Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

भारतका १७ सय हलमा ‘प्रेम गीत–३’को ट्रेलर

भारतका १७ सय हलमा ‘प्रेम गीत–३’को ट्रेलर


भारतका १७ सय हलमा ‘प्रेम गीत–३’को ट्रेलर

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को ट्रेलर भारतका १७ सयभन्दा धेरै हलमा बजिरहेको छ । भारतमा रिलिज हुन लागेको चलचित्रको ट्रेलर त्यहाँका १७ सयभन्दा धेरै हलमा बजिरहेको ‘प्रेम गीत–३’ निर्माण पक्षले जनाएको छ । 

हिन्दी भाषामा डबिङ भएको चलचित्र ‘प्रेम गीत–३’ असोज ७ गतेबाट रिलिज हुँदै छ । नेपाल र भारतमा यो चलचित्र एकैदिन रिलिज हुनेछ । ट्रेलर बजेका हलमा चलचित्र रिलिज हुनेछ । हिन्दीमा डबिङ भएर भारतमा भारतीय वितरकमार्फत रिलिज हुन लागेको यो नै पहिलो नेपाली चलचित्र हो । 

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । अहिले निर्माण पक्ष यो चलचित्रको प्रचारका लागि भारत र नेपालका विभिन्न सहरमा दुई टोली बनाएर प्रचार–प्रसार गरिरहेको छ । भारतमा पवनदीपलगायत कलाकार प्रचारमा हिँडिरहेका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ