प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो
प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले तालमेल गरेका क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिने तयारी पनि गरेका छन्।
यस्तै जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुनेछ।
देउवा नेतृत्वको सरकारमा जसपाबाट प्रदीप यादव वन मन्त्री, मोहम्मद इस्तियाक राईभौतिक पूर्वाधार तथा यातायात मन्त्री, राजेन्द्रकुमार श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन मन्त्री र मृगेन्द्रकुमार सिंह कृषि मन्त्री छन्।
जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक