Logo

मंगलवार, भाद्र ९ गते २०८३

जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी

जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी


जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भनेपछि कसरी राखिराख्नु ।
सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मूडमा छैनन् । एक मन्त्रीले भने, ‘पार्टीले केही भनेको छैन, अहिले राजीनामा दिने योजना पनि छैन ।
प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको नजिर पनि छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक