काठमाडौं । रियाल मड्रिडले आइतबार राति स्पेनिस ला लिगामा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–१ ले हराएको छ ।
मड्रिडस्थित सान्टियागो बेर्नाबेउमा रियालले करिम बेन्जेमाको गोलबाट १२औँ मिनेटमा अग्रता लिएको थियो । ३५औँ मिनेटमा फेडरिको भाल्भार्डेले घरेलु टोली रियालको अग्रता दोब्बर बनाए । ८३औँ मिनेटमा फेरान टोरेसको गोलबाट बार्सिलोनाले पुनरागमनको प्रयास गरेपनि सफल हुन सकेन ।

इन्जुरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गरेको हो । जितपछि शीर्ष स्थानमा उक्लिएको रियालले बार्सिलोनालाई तीन अंकले पछाडि पारेको छ । रियालले ९ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट २२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले १९ अंक जोडेको छ ।
जारी सिजन ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो । रियाल मड्रिड भने अपराजित छ । रियालले ९ मध्ये एक बराबरी खेलेको छ भने बाँकी खेलमा विजय हासिल गरेको छ । बार्सिलोना पनि यसअघि अपराजित थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ