Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल


सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानको सिटीले गएराति ब्राइटनलाई ३–१ ले हराएको छ । 

सिटीले इर्लिङ ब्राउट हालान्डको गोलबाट २२ औँ मिनेटमा अग्रता लिएको थियो । ४३ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । हालान्डले सबैखाले प्रतियोगितामा गरी घरेलु मैदानमा लगातार सात खेलमा गोल गर्न सफल भएका छन् । 

हालान्डले सिटीबाट जारी सिजन २२ गोल गरिसकेका छन् । जुन पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले प्रिमियर लिगमा गरेको ६०० औँ गोल पनि हो । ५३ औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गरेको गोलबाट ब्राइटनले पुनरागमनको प्रयास गरेको थियो । तर, ७५ औँ मिनेटमा केभिन डी ब्रुयनाले अर्को गोल थपेपछि सिटीले तीन अंक पक्का गरेको हो । 

ब्राइटन १५ अंकका साथ आठौं स्थानमा छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ