काठमाडौँ – चितवन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
हालै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनी भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।यस्तै, नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक