Logo

मंगलवार, भाद्र ९ गते २०८३

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने


नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्।
 
पार्टीकाे साेमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।
 
श्रेष्ठ राष्ट्रियसभा सदस्य छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्।
 
साथै आजकाे साे बैठकमा सरकारमा सहभागी अन्य दलबाट पनि एक-एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भइरहेकाे ती  पदाधिकारीले बताएका हुन्।
 
मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक