Logo

मंगलवार, भाद्र ९ गते २०८३

जसपा तत्काल सरकारमा नजाने, थप छलफलका गर्न १८ र १९ गते बैठक बस्दै

जसपा तत्काल सरकारमा नजाने, थप छलफलका गर्न १८ र १९ गते बैठक बस्दै


जसपा तत्काल सरकारमा नजाने, थप छलफलका गर्न १८ र १९ गते बैठक बस्दै

काठमाडाैँ – जनता समाजवादी पार्टी(जसपा) तत्काल सरकारमा नजाने भएकाे छ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको जसपाले बैठक बसेपछि यसबारेमा निष्कर्ष निकाल्ने जनाएकाे छ।जसका लागि पुस १८ र १९ गते जसपाले बैठक बाेलाएकाे छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।

आइतबार जसपासहित सात दलले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्।

तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्।पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको जिम्मेवारी पछि तोकिने छ।

कामना न्यूज

  • मंगलवार, पौष १२ २०७९१२:१३:३६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक