Logo

बुधवार, भाद्र १० गते २०८३

सत्ता गठबन्धनको निर्णय: ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने,ओली संयोजक

सत्ता गठबन्धनको निर्णय: ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने,ओली संयोजक


सत्ता गठबन्धनको निर्णय: ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने,ओली संयोजक

काठमाडौं । सत्ता गठबन्धनले अबका पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।

गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निर्णय गरिएको हो ।उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने बताएका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र