Logo

मंगलवार, भाद्र ९ गते २०८३

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी


सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

काठमाडौँ – सत्ता साझेदार दलहरूले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने भएका छन्।

हिजाे बुधबार बसेको सत्ता साझेदार दलहरूकाे बैठकले आज बिहीबार पूर्णता दिने निर्णय गरेको थियो। साेही बमाेजिम आज अन्तिम रुप दिने तयारी भएकाे हाे।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए।बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक