काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले जानकारी दिए । उनले कार्यदलले वामपन्थीहरुसँग छलफल, परामर्श, वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक