काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ।
एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए।पार्टी एकताका लागि जसपा नेपाल र एकीकृत समाजवादीबीच छलफल हुन लागेकाे कार्यदलका एक सदस्यले जानकारी दिएका छन्।
उनका अनुसार जसपा नेपालले नेताहरू: राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ।यसैगरी, एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरू: डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकाे प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी १२ सांसद छन्।यता, एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन।नेकपा एमालेबाट अलञगिएकाे एकीकृत समाजवादी यसपाली पहिलाेपटक निर्वाचनमा हाेमिएकाे हाे।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक