Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

‘र्‍याम्प शो’ का लागि नेपाल आइपुगिन् मलाइका

‘र्‍याम्प शो’ का लागि नेपाल आइपुगिन् मलाइका


‘र्‍याम्प शो’ का लागि नेपाल आइपुगिन् मलाइका

काठमाडौँ – बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली र्‍याम्प शोमा सहभागी हुनका लागि बिहीबार नेपाल आएकी छन्।

नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौँमा आयोजना गर्न लागेको ‘चौथो जेम एण्ड ज्वेलरी एक्स्पो’ का लागि उनी आज नेपाल आइपुगेकी हुन्।

लामाे समयदेखि भारतीय मनाेरञ्जनकाे क्षेत्रमा छाइरहेकी मलाइकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणकाे जस्तै व्यवहार गरियाे।कुनै  पनि सेलिब्रेटीकाे आवत/जावतका लागि विशेष रूपमा सुरक्षा व्यवस्था गर्ने गरेकाे एयरपाेर्टले उनका लागि भने त्याे खालकाे व्यवस्था गरेन।

यसअघि भारतीय अभिनेता विवेक ओवराेय नेपाल आउँदा विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएकाे थियाे।आफूहरूलाई भारतीय दूतावासबाट पत्र आएपछि मात्र विशेष सुरक्षा व्यवस्था गरिने गरेकाे तर मलाइकाकाे लागि भने दूतावासबाट पत्र नआएकाे विमानस्थल स्राेतकाे भनाइ छ। अभिनेता विवेकका लागि भने दूतावासले पत्र पठाएकाे थियाे।

यता भारतीय दूतावासले भने मलाइका आफूहरूकाे निमन्त्रणामा नआएका कारण त्यस्ताे कुनै विशेष प्रबन्ध गर्नकाे लागि विमानस्थललाई अनुराेध पत्र नपठाएकाे जनाएकाे छ।आज हुने उक्त शाेमा मलाइकाले नेपाली पोशाक र आभूषण र्‍याम्पमा प्रस्तुत गर्दैछिन्।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ