Logo

मंगलवार, भाद्र ९ गते २०८३

गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाकाे तयारी

गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाकाे तयारी


गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाकाे तयारी

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने तयारी थालेकाे छ।

आइतबार नेपाली नागरिकता लिएपछि पुन:गृहमन्त्री बन्ने दाैडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए।भेटमा गृहमन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेकाे स्राेतले जानकारी दिएकाे छ।

स्राेतका अनुसार लामिछानेकाे नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुन:गृहमन्त्रालय दिन तयार नभएकाे र बिहानकाे छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक थिएनन्।यता, सरकारमा सहभागी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उनै रविलाई नै पुन: गृहमन्त्री बनाउन सहमत छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेकाे रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रा‍लय पाएकाे हाे।सर्वाेच्च अदालतले माघ १३ गते शुक्रबार रविकाे नागरिकता अवैध भएकाे फैसला गरेपछि लामिछाने पद तथा जिम्मेवारीबाट बाहिरिएका थिए।

चितवन- २ बाट निर्वाचित लामिछानेकाे सांसद् पद खारेज भएपछि साे क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पुन: उम्मेदवारी दिने तयारी थालेका छन्। यद्यपि निर्वाचन आयाेगले भने निर्वाचनकाे मिति निर्धारण गरेकाे छैन।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक