काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाकाअनुसार बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीको बुधबारको भेटले आज बैठक बस्ने तय गरेको थियो । तर, समय र स्थान तय नहुँदा बैठक अनिश्चित जस्तै भएको थियो । बैठक बस्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले भर्खरै दिएको छ ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र