Logo

बुधवार, भाद्र १० गते २०८३

चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, संघको आन्दोलन फिर्ता

चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, संघको आन्दोलन फिर्ता


चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, संघको आन्दोलन फिर्ता

काठमाडौं । सरकारसँगको ६ बुँदे सहमतिपछि चिकित्सकहरुले आजको आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । 

सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघका प्रतिनिधिसहितको चिकित्सक टोलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको तीन घण्टा लामो वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव गणेश पाण्डेय, स्वास्थ्यसचिव रोशन पोख्रेल लगायतले हस्ताक्षर गरेका छन् । चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनि लगायत दुवै तर्फका गरी १३ जनाले हस्ताक्षर गरेका छन् । 

राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका अर्थो सर्जन डा. जनिथलाल सिंहमाथि लाठीचार्ज गरी गम्भीर घाइते बनाएपछि आज देशभरका अस्पतालमा विरोधस्वरुप ओपीडी सेवा बन्दको आह्वान गरिएको थियो । सहमतिपछि चिकित्सकहरु आन्दोलन फिर्ता लिइ आ आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । 

यस्तो छ सहमतिपत्र 

IMG-b2f64d2b627c61d4d66a959902f9b7f9-V1676182983.jpg
IMG-2c38599b25fd4bd7b2be4ffdd624b85c-V1676182983.jpg

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र