Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

उच्च अदालतबाट पल शाहले पाए पूर्ण सफाइ, भोलि रिहा हुने

उच्च अदालतबाट पल शाहले पाए पूर्ण सफाइ, भोलि रिहा हुने

उच्च अदालतबाट पल शाहले पाए पूर्ण सफाइ,  भोलि रिहा हुने

काठमाडौं । कलाकर पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पुर्ण सफाई दिएको छ। शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो । 

बाल यौन दुर्व्यवहारमा शाहलाई २ वर्ष ६ महीना कैद र पिडितलाई १२ लाख क्षेतीपुर्ती भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेश विरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए। 

साथै सरकारी वकीलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नु पर्ने माग सहित पुनरावेदन गएका थिए। 

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पुर्ण सफाई दिएको छ। 

शाहविरुद्द नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाई दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो। त्यस्तै तनहुँ अदालतले भने शाहलाई पुर्ण सफाई दिएको थियो। 

उच्च अदालतले नवलपुरको फैसाल उल्टाउँदै शाहलाई पुर्ण सफाई दिएको छ। यसै साथ उनी रिहा हुनेछन्।

कामना न्यूज

  • आइतवार, फाल्गुन १४ २०७९०६:३५:०२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ