काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन । हिजो साँझसम्म दलहरूले मन्त्रीको भागबन्डा मिलाए पनि मन्त्रालयको बाँडफाँट टुंगो लगाउन सकेनन् ।
मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए । प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउनेछन् ।
भागबन्डाअनुसार नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)लाई दुई–दुई, लोसपा (लोकतान्त्रिक समाजवादी), नागरिक उन्मुक्ति, जनमत पार्टी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहलाई एक–एक मन्त्री दिनेगरी सहमति भएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक