प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउँदै छन्।
आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन्।
प्राप्त अनौपचारिक सूचीअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री हुँदैछन्। माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन्। नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अशोक राई, लोसपाका शरतसिंह भण्डारी, उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मन्त्रीको शपथ लिँदै छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक