Logo

मंगलवार, भाद्र ९ गते २०८३

रवि लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

रवि लामिछानेविरुद्ध सर्वाेच्चमा रिट


रवि लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध आज अदालतमा रिट परेको हो।

सो निर्णयविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् ।  रिट दर्ता हुने प्रक्रियामा छ । आज दर्ता भएकाे रिटको सुनुवाई भोलि हुने सर्वाेच्च स्रोतले जनाएको छ ।

युवराजले हिजो लयाएको रिटलाई सच्याएर आज फेरि दर्ता गर्न ल्याएका हुन् ।महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। चैत ६ गते भएको सो निर्णयविरुद्ध रिट दायर परेको हो ।
लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक