काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा युवा तथा नयाँ उम्मेदवार आउनु खुसीको कुरा रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।साथै,ओलीले उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा केन्द्रित बहस गर्नसमेत आग्रह गरेका छन्। ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो’, ओलीले लेखेका छन्,’मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक