Logo

मंगलवार, भाद्र ९ गते २०८३

उपनिर्वाचन: रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि तनाव

उपनिर्वाचन: रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि तनाव


उपनिर्वाचन: रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि तनाव

काठमाडौँ- चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा चितवन-२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज गरेकाे थियाे। अहिले मतदानस्थल बाहिर नेपाली सेनाको टाेलीले सुरक्षा दिइरहेकाे छ।मतदान जारी नै छ।

यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाका लामिछाने मुख्य उम्मेदवार रहेका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक