काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरको छानबिनमा आफू दोषी ठहरिए म जेल जान तयार भएको बताएका छन् । बिहीबार संसद्को प्रश्नोत्तरमा ज्ञानेन्द्र शाहीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।
‘क्यान्टाेनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रहीत छ,’ उनले भने, ‘फेरि पनि कसैले दिएको उजुरीको आधारमा छानबिन गरी दोषी ठहरिए म आफैँ जेल जान तयार छु ।’पूर्व माओवादीलडाकुलाई राज्यकोषबाट वितरणा गरिएको रकममा व्यपक भ्रष्टाचार भयो भन्ने कुरा यो आरोपको निम्ति आरोप मात्रै भएको उनले बताए ।
‘म जोड दिएर भन्न चाहान्छु । त्यतिबेला शान्ति सम्झौता भएर क्यन्टमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्न तयार भइसकेपछि त्यहाँको भौतिक पूर्वाधार र योद्धाहरूको राशन पानीको निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको हिसाब किताब छ, त्यहाँ को को थिए ? कस कसले लिए भन्ने कुरा हिसाबमा रहेको म मान्य सदस्यलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक