काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।
राष्ट्रपति पौडेल शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर जाँदैछन्। नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।सचिवालयले भन्यो, ‘पहिले झैँ आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।’ यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो।
तर, चौतर्फी विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक