काठमाडौँ – प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकोविरुद्धमा सरकार नरम हुने सम्भावना नरहेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बुधबार प्रेस सेन्टर नेपालका प्रतिनिधिसँगको भेटमा कुराकानी गर्दै यस्तो बताएका हुन्।
आज बिहान भएको भेटमा आफूले बरु सरकार छाड्नुपरेपनि छाड्न तयार रहेको तर, भ्रष्टाचारकोविरुद्धमा सरकार नरम हुन तयार नरहेको दाबी गरेका हुन्।उनले भने,’भ्रष्टाचारविरुद्ध नरम हुने सम्भावना छैन। सरकार छाड्नु परे छाडिन्छ।भ्रष्टाचारविरुद्धको काम रोकिन्न।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष प्रमुख राजनीतिक दलका नेताहरू नै पक्राउ परेका कुराले यतिबेता गठन्धन प्रभावित हुने जनमानसको आंकलन रहेको कुरालाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।
यस प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायतका सत्तापक्ष दलका नेता पक्राउ परेका छन् भने प्रतिपक्षमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पक्राउ परेका छन्।
आफ्नो यो कार्यकालमा भ्रष्ट्राचारका पोका फुकाउने दाबा गरेका प्रधानमन्त्री दाहालले जुनसुकै दलका नेता भएपनि अपराध गरेपछि कानुनी कारवाहीको भागेदार हुनुपर्ने बताउँदै आएका छन्।
यस्तै, यतिबेला पशुपतिमा राखिएको सुनको जलहरी प्रकरणमा भ्रष्ट्राचार भएको भन्ने खबरहरू पनि बाहिरिरहेका छन्।आज भएको उक्त भेटमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले प्रधानमन्त्री दाहाललाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।
ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक