काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।
बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डल इटली जान लागेको जानकारी दिएकी हुन्।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले जानकारी दिइन्।प्रधानमन्त्री दाहाल साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि स्वदेश फर्किने कार्यक्रम रहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक