Logo

मंगलवार, भाद्र ९ गते २०८३

माओवादीको विशेष रूपान्तरण अभियान सुरु

माओवादीको विशेष रूपान्तरण अभियान सुरु


माओवादीको विशेष रूपान्तरण अभियान  सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देश इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । 

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले पार्टी एक ढिक्का भएर अघि बढे चुनौतीको सामना गर्न सकिने बताए । 

“सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्ने हो भने हाम्रा अघि खडा भएका सबै चुनौती सामना गर्न सकिन्छ र माओवादीलाई देशकै बलियो र भरोसायोग्य पार्टीमा रुपान्तरण गर्न सकिन्छ,” उनले भने । 

प्रचण्डले सरकारले गरेको काम जनताप्रति पुर्याउन नसकिएको बताए । उनले तीन महिने अभियानमा सरकारका काम जनतासमम पुर्याइने र अभियान सफल हुने दाबी गरे । सरकारले जनतामा नयाँ आशाको सञ्चार भएको बताए । पार्टीमा पनि आशा र उत्साह बढ्दै गएको उनको भनाइ । 

उनले सरकालाई काम गर्न नदिन घेराबन्दी गरिएको भन्दै थप जिम्मेवार बनाएको समेत बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक